YCL नेपाल शिवपुरीले गर्यो प्रधानमन्त्री ओलिको पुत्ला दहन । जेष्ठ १३, २०७८, बिहिबार चिठी खबर काठमाडौं- नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग नेपाल शिवपुरीले मंगलबार सांझ ७:०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् नुवाकोट शिवपुरीको तलाखुमा उनीहरुले संसद विघटन, नागरिकता अध्यादेशलगायतको विरोध गर्दै प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन गरेका हुन्। सरकार गठन गर्न दलहरु असफल भएको भन्दै केही दिनअघि राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्। उक्त कार्य प्रधानमन्त्री ओलीको योजनामा राष्ट्रपति भण्डारीले संसद विघटनलगायतका निर्णय लिएको आरोप लगाउदै सत्तामा रहिरहने मोहका कारण ओलीले यसो गरेको उनिहरुको बुझाइ छ। उनिहरुले देशै भरिको स्थानीय तहको संगठनले एकै साथ प्रधानमन्त्री ओलि र रास्ट्रपति बिद्यादेवि भन्डारिको पुत्ला दहन गरेको जानकारी योङ्ग कम्युनिस्ट लिग नेपाल शिवपुरीको संयोजक बुद्धिमान तामाङले चिठी खबरलाइ बताएका हो । थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया