×

जनताले तिरेको करलाइ अतिरंजित नबनाऔं ।

माघ १४, २०८२, बुधबार
चिठी खबर

म स्वयम् पनि यश क्षेत्रको चासो राख्ने मध्येको १ जना शेर्पा को छोरो हुँ ।
आदर्निय काठमाडौं क्षेत्र नं ३ मा रहनु हुने आमा बुबा दाजुभाइ तथा दिदिबहिनी ईष्टमित्र छरछिमेकी साथै चिनेजानेका शाथीभाईहरू समक्ष विन्ती गर्दछुकी कसैको मीठो बोली उक्साहट शब्द वा मीठो भोजन क्षणिकको लागि गरिने जुनसुकै बनावटि शब्द छलकपट वा घातक हुनसक्छ कसैले खल्तिको रकम लगायर विकास गरेको छ भने भन्नुस कस्ले के के कुन कुन ठाउँमा गरेको छ ? नत्र राज्य कोषको लगानीमा गरिने गराईने काम लाई कसै क्रेडिट लिन पर्दैन यो जनता बाट संकलीत करको रकमहो स्थानिय जनप्रतिनिधि हरूले आवस्यकता हेरेर योजना वनाउदै आईरहेको छ । हामी चेतनसील प्रणीहो राम्रो र नराम्रो छुट्टाउन सक्ने क्षमता तपाईं हामी आफैमा छ । हतारमा गलत निर्णय डिसिजन नगर्नुस । भविष्यमा कस्ले के गर्छ छाडिदिनुस हिजो विगतमा गरेको छ या छैन हेर्नुस । यश क्षेत्रमा उठ्नु भएको राष्ट्रिय साभाका उम्मेदवार हरूले कुन उम्मेदवार ले के के विकास गरेको छ ? कुनकुन ठाउमा गरेको छ ? आम जनताले चिन्नु हुन्की हुन्न ? चुनावमा गरिने खर्च को विवरण वा स्रोत के ? यी र यस्ता अनगिन्ती प्रस्न हरूबाट प्रस्ट भएर मात्र कुन उम्मेदवार लाई मतदान गर्ने निर्णय तपाईंको हातमा छ । तपाईंको १ मत अमुल्य छ ।
काठमाडौं क्षेत्र नं ३ मा यश क्षेत्र भन्दा बाहिरको कोहि पनि ब्यक्ति आयर कुनै पनि राजनितिक वा अन्य गतिविधि गरेको जानकारी पायमा तुरून्तै नजिकको प्रहरी बृत्त बौद्ध मा खवर गर्न गराउन हुन अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया