चिठी खबर
गोकर्णेश्वर नगरपालिका–४ अन्तर्गत सहयोगी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी आयोजनामा चेस प्रतियोगिता खेल सम्पन्न भएको छ। दुई दिनसम्म (२०८२/४/१५ देखि २०८२/४/१६) सञ्चालन भएको उक्त प्रतियोगितामा कुल ६ वटा विद्यालयका १२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट २ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यालयहरू यसप्रकार छन्:
• उत्तर वाहिनी बोर्डिङ स्कूल
• वर्ल्ड युथ इन्टरनेसनल स्कूल
• स्वर्ण शिक्षा इङ्ग्लिस स्कूल
• श्री गोकर्णेश्वर माध्यमिक विद्यालय
• सहयोगी माध्यमिक विद्यालय
• श्री कान्तिभैरव गुरुकुल
बुद्धिको खेल मानिने चेसमा प्रतिस्पर्धा गर्दै विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा उत्तर वाहिनी बोर्डिङ स्कूलका समीर राई प्रथम स्थान हासिल गर्दै विजेता बन्न सफल भए भने, वर्ल्ड युथ इन्टरनेसनल स्कूलका मेघनाथ थापा दोस्रो तथा सोही विद्यालयका विराज तामाङ तेस्रो स्थानमा रहे।
प्रत्येक खेलाडीलाई ३० मिनेटको समयावधि दिइएको प्रतियोगिता अत्यन्तै शान्तिपूर्ण र व्यावस्थित ढंगले सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।
कार्यक्रमको सफल आयोजना गर्न सहयोग गर्ने सम्पूर्ण विद्यालय परिवार, शिक्षक, विद्यार्थी, स्वयंसेवक र समर्थकहरूलाई आयोजक स्वतन्त्र विद्यार्थी युनियन, सहयोगी बहुमुखी क्याम्पसले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया