×

डेमोक्रेसीमा नेतागण शासक नभैइ सेवक बन्नु पर्दछ : नबराज रानामगर ।

फाल्गुन १, २०८२, शुक्रबार
चिठी खबर

काठमाडौं , नेपालमा हाल बिषम परिस्थिको संघिय निर्बाचन हुन लागिरहेको छ । नयां ,पुराना दलहरु र स्वतन्त्र उम्मेदवारहरु चुनाबी मैदानमा उत्रीसकेका छन । गत भदौ २३ र २४ को जेन्जी आन्दोलनको फलस्वरुप यो चुनाब हुन गैइरहेको हो , नेपालको अस्थिर सरकार संचालन परिपाटीले मुलुकमा दिगो बिकासमा नकारात्मक असर पारेको देखिन्छ , संबैधानिक जटिलताको कारणले पनि नेपालमा बाध्यत्मककारी अस्थाइ सरकार संचालनमा आएको हो , बिक्रम संम्बत २००७ सालदेखी नै प्रजातन्त्रको आगमन भएतापनि जनताको आकाङ्छा पुरा गर्ने ब्यबस्था अझै नभएको आम नेपाली जनताको बुझाइ छ । प्रजातन्त्र, लोकतन्त्र हुदै संघिय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा पनि आम नेपालीहरु अझै शासक र शासित झै यो उत्तम ब्यबस्थाको संबिधानले परिकल्पना गरे अनुरुप स्वतस्फुर्त जिबिका जिउन सकेका छैनन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा नेताहरु जनताको शासक नभैइ जनताको र देशको उज्वल भबिस्य बनाउने सेवकको रुपमा काम गर्नुपर्ने हो तर त्यसो हुन नसक्नु हामी नेपालीहरुमा साक्षरता र राजनैतिक चेतनाको कमीको उपज पनि हो भनी उनी बताउछन ।राजनिति शास्त्रमा स्नाकोत्तर र कानुन शास्त्रमा स्नातक अध्ययन पुरा गरेको उनले नेपाली राजनिति र नेपालको कानुनको बारेमा राम्रो ज्ञान लिएको बताउछन । चिठिखबर संग संबाद गर्दै उनी बर्तमान नेपालको राजनिति अस्वस्थ रहेको बताउछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया