जेष्ठ २७, २०७८, बिहिबार
चिठी खबर

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको काठमाडौं सहित् देशका विभिन्न १४ ठाऊँमा पैतृक सम्पत्ति र आफुले जोडेको सम्पत्ति सहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।
त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताएका छन् । उनको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । नवनियुक्त स्वास्थ्य मन्त्री यसअघि कानुन न्याय तथा संसदिय मामिला मन्त्री समेत बनेका थिए । तामाङको पत्नी उषाकला राई हाल प्रदेश नं १ की सामाजिक विकास मन्त्री छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया