चिठी खबर
आदरणीय आमा बुबा, दाजु भाई तथा दिदी बहिनीहरु म निम्न प्रतिबद्धताका साथ समृद्ध सोलुखुम्बु निर्माणका लागि तपाईको अमुल्य मत छाता चिन्हमा दिएर अत्याधिक मतले विजय गराईदिनहुन तपाई सबैमा हार्दिक अनुरोध एबम अपिल गर्दछु ।
१. सोलुखुम्बु जिल्लाको दिगो बिकासका लागि स्थाानिय जनता, बुद्धिजिवी र बिज्ञहरुको उपश्थितिमा बृहत आवधिक बिकास योजना निर्माण गर्नेछु ।
२. स्वास्थ र शिक्षालाई निशुल्क गर्नेछु साथै व्यावहारिक एबम प्राविधिक शिक्षा र आधुनिक शिक्षण प्रणलीको बिकाससंगै सबै बिद्यालयहरुमा मातृभाषाका पाठ्यक्रम निर्माण तथा पठनपाठन अनिबार्य गर्नेछु ।
३. कृषि पकेट क्षेत्रको बिकास गर्दै ५० प्रतिशत कृषी अनुदानको व्यवस्था साथै खेती योग्य स–साना गराहरुलाई डोजर र तार–जालीकोे प्रयोग गरि ठुला र चौडा गरा निर्माणका लागि स्थानिय तहबाट अनुदान सहुलियतहरु प्रदान गर्नेछु ।
४. जिल्लाका सबै कार्यलयका कर्मचारीहरु समानुपतिक समाबेशि शिद्धान्तको आधारमा स्थानिय क्षेत्रबाट नै नियुक्त गर्न पहल गर्नेछु ।
५. खुम्बु–पासाङ ल्हमु गाउँ पालिकालाई बिश्वको सर्बोत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न आर्थिक, भौतिक, एबम प्राविधिक सहयोगको लागि प्रदेश, केन्द्रिय सरकार एबम बिश्व समुदायसंग पहल र आव्हान गर्नेछु ।
६. शेर्पालुङ प्रदेशको निर्माण, सल्लेरीलाई शेर्पालुङ राजधानीको रुपमा घोषणा तथा शेर्पालुङ भूगोलहरुलाई जोड्दै शेर्पालुङ राजमार्ग निर्माण गर्न राजनैतिक पहल गर्नेछु ।
७. जिल्लाभित्र पर्यटन र पर्वतारोहण संबन्धि नमुना बिश्वबिद्यालयको स्थापना गर्न पहल गर्नेछु ।
८. जल विद्युत निर्माण तथा जलविद्युत सेयर प्रणालीलाई सर्वशुलभ एवं श्रमलाई सेयरमा रुपान्तरण गर्ने प्रणालीको विकास गर्ने र सबै गाउँपालिका एवं नगरपालिकालाई राष्ट्रि प्रसारणमा चाडो जोड्नेछु ।
९. नेपाल राष्ट्र पक्षरहेको अन्तराष्ट्रिय सन्धि, सम्झौता एवम आई एल ओ १६९ लाई स्थानिय जनताको हक अधिकार, स्वयत्तता र स्वसाासानको निम्ति पहल गर्नेछु ।
१०. खुम्जुङमा क्रिकेट र फुटबल स्टेडियम र विश्व शेर्पा सांस्कृतिक संग्राहलय निर्माण गर्ने तथा जुनबेसीलाई हिमाली शेर्पा सांस्कृतिक सहरको रुपमा विकास गर्नेछु ।
११. पर्यटकिय पदमार्गलाई पक्की र कम्तीमा ५ फिटको चौडा बनाउने छु साथै पर्यटकीय सडकलाई तत्काल स्तरउन्नती तथा कालोपत्रे गर्नेछु ।
१२. सिल्पी तथा अन्य जाती क्षेत्रमा रहेको उत्पीडन, विभेद, अन्याय र अत्याचारलाई निर्मुल पार्न तथा सिल्पी समुदायमा रहेको सिपलाई लघु–उद्योगको रुपमा प्रवद्र्धन विकास गराउन पहल गर्नेछु ।
१३. हरेक व्यक्ति र व्यावशायको जोखिम कम गर्न बिमा सेवालाई अनिबार्य गराउनेछु ।
१४. हरेक बर्ष १० जना प्रतिबद्ध जेहेन्दार बिद्यार्थीहरुलाई बिश्वका उत्कृष्ट बिश्वबिद्यालयमा प्रबिधि अध्यायन, अनुसन्धान र विज्ञताका लागि पठाउनेछु ।
१५. दिगो विकासका लागि महिनामा कम्तीमा ५ दिन अनिबार्य जनश्रमदान अभियान सञ्चालन गर्नेछु र स्वयम सेवकको लागि बिश्वलाई आव्हान गर्नेछु ।
१६. स्थानिय श्रोत साधनमा आधारित उद्योगहरु संचालन गर्ने र सयौ युवाहरुलाई रोजगारीको सृजना गर्दै आत्मनिर्भर र स्वावलम्वी बनाउदै लैजानेछु ।
१७. बिश्व मानव समुदायको एकता, खुशी र शान्तिको लागि बिश्व बौद्ध साधना केन्द्रको स्थापनाका लागि संयोजन गर्नेछु ।
१८. धनि, मध्यम, गरिब, सुकुम्वासीहरुकोे स्तर बर्गीकरण गरि ५ देखि १० हजार सम्मको बृद्ध, बिधवा, अपाङ्ग, टुहुरा भत्ताको व्यावस्थापन गर्नेछु । एवम डिप्लोमा गरेका बेरोजगार युवाहरुलाई स्वयमसेवा अनिबार्य गराई १० देखि १५ हजारसम्मको बेरोजगार भत्ताको व्यवस्था गर्नेछु ।
१९. हरेक वडामा एमबिबिएस डक्टर सेवा उपलब्ध अस्पतालको स्थापना र प्रत्येक गाउपालिका केन्द्रमा कम्तिमा २० सैया क्षमताको सुबिधा सम्पन्न अस्पताल निर्माणको पहल गर्नेछु ।
२०. प्रत्येक वडाबाट बार्षिक १/१ जनालाई एमबिबिएस अध्यायनका लागि आंशिक एबम पुर्ण छात्रबृत्तिको व्यावस्था मिलाउनेछु ।
२१. हरेक वडामा स्वच्छ र सफा पिउने पानिको प्रवन्ध गर्नेछु ।
२२. ऐतिहाँसिक महत्वका धार्मिक, साँस्कृतिक एबम पुरातात्विक सम्पदा र क्षेत्रको संरक्षण, संबद्र्धन र बिकास गर्नेछु ।
२३. सम्पुर्ण पर्वतिय श्रीङ्खलाहरु तथा हिमतालहरुको संरक्षण एबम दैवी प्रकोप सुरक्षा संयन्त्रमार्फत नियमित अनुगमन, सुरक्षाका निति तथा कार्ययोजना आवलम्बन गर्नेछु ।
२४. हिमाली आदिवासीहरुको व्यक्तिगत जग्गा जमिन, चरिचरण तथा खर्कमा गरिएको भु–अतिक्रमण रोक्न र ७५ रोपनी जग्गा हदबन्दी हटाई कम्तीमा १५० रोपनी पु¥याउन पहल गर्नेछु ।
२५. जिल्लाभित्र सुकुम्वासीहरुलाई भुमिको बैज्ञानिक वितरण तथा व्यबस्थापन गरि शुन्य सुकुम्वासी जिल्लको निर्माण गर्नेछु ।
२६. विधुतिय सवारी साधनको प्रयोगलाई बढवा दिने, बृक्षरोपण अभियान सञ्चालन एवम सोलुखुम्बुलाई प्लाष्टिक र सिसामुत्त जिल्लाको निर्माण गर्नेछु ।
२७. खुम्बु क्षेत्रमा भरिया वासस्थान केन्द्र तथा अतिथि गृह निर्माण तथा व्यावस्थापन गर्नेछु ।
२८. पथ प्रदर्शक गाइड, भरियाहरुले व्यहोरिरहेको नितिगत र कानूनी झन्झट, अनावश्यक शूल्कहरु मिनाह गर्ने, पर्वतारोहणको क्रममा कामदारको मृत्यु भएमा कम्तिमा २५ देखि ५० लाखसम्मको ईन्सोरेन्सको व्यावस्था तथा मृतकको श्रीमति वा परिवारलाई राज्यबाट मासिक भत्ताको व्यावस्था गर्न पहल गर्नेछु ।
२९. जिल्लाभित्र आदिम थाकथलो भएका आदिवासीहरुः शेर्पा, तामाङ, खालिङ, थुलुङ, कुलुङ, नाछिरिङ, बाहिङ, शिल्पी र मगर जातिको वस्ती क्षेत्रमा १/१ सांस्कृतिक संग्राहलय निर्माण गर्न पहल गर्नेछु ।
३०. प्रत्येक वडामा सुबिधा सम्पन्न ई–पुस्ताकलय स्थापना गर्नेछु ।
३१. खरिखोलामा चोमोलुङम ुपर्वतिय अध्यायन केन्द्र, पर्यटन सुचना केन्द्र साथै हाई अल्टिच्युड टिृटमेन्ट सेन्टरको स्थापना गर्नेछु ।
३१. जिल्लाभित्र रहेको उत्पिडित लिंग, क्षेत्र र वर्गको मुक्ति र विभेदकारी नीतिको अन्त्य गर्न, बिभिन्न समुदाय/जाति/राष्ट्रको स्वसासित स्वायत्त आधिकारलाई संस्थागत गर्न पहल गर्नेछु ।
३२. हिमाली क्षेत्रमा नितिगत रुपमा भएका असमान र विभेदकारी ऐन नियम कानुनहरु संशोधन वा सुधार गर्ने वा परम्परागत प्रथा, प्रचलन एबम परम्परालाई कानूनी मान्यता दिलाउन पहल गर्नेछु ।
३३. स्थायि, प्रदेश र केन्द्रिय सरकारको अनुदान मार्फत आधुनिक कृषि, पर्माकल्चर, पशुपालन तथा फलपूmल खेती गर्न÷गराउन पहल गर्नेछु ।
३४. बौद्ध गुम्वाहरुमा सञ्चालनमा रहेको बौद्ध शिक्षाका पाठ्यक्रमहरुलाई सरकारी मान्यता दिलाउनेछु ।
३५. स्थानीय श्रोत, साधन, जनशक्ती र यन्त्रमा आधारीत लघु–उद्योगहरुको स्थापना गर्ने एबम बन्द रहेको खनिज तथा खानीहरु पुनः सञ्चालन एवं व्यवस्थापन गर्नेछु ।
३६. मगर बाहुल्यता रहेको केरुङ, टाप्टिङ, गोराका बाहुल्य क्षेत्र तथा ओखलढुंगाको जन्तरखानी सेरोफेरोलाई समेटेर मगर विशेष वडाको रुपमा पुनरसंरचना गर्न राजनैतिक पहल गर्नेछु ।
हाम्रा यी योजना र सपनाहरु शतप्रतिशत संभव छन् तर सवल, सकरात्मक र सक्षम नेतृत्वको आवश्यकताको महशुस गर्दै,
मसंग पैशा र निराधार खोक्रो आश्वसन तथा क्षणिक फाईदाका जिन्सी बस्तु बाँडेर भोट माग्ने अवैधानिक र अनैतिक औकात छैन र धन पनि छैन । यद्यपी मसंग समृद्ध सोलुखुम्बु निर्माणका लागि सुनौला योजना र सपनाहरु छन् जो शतप्रतिशत संभव छ । यसर्थ तपाईहरुले बिगतमा गर्दै आउनु भएको राजनैतिक निर्णय र गल्तीलाई फेरी पनि दोहोरयाउनु हुने छैन भन्ने बिश्वासकासाथ १०० पटक सोचेर आफ्नो अमुल्य मतको निर्णय लिनुहुनेछ भन्ने बिश्वास लिएको छु र मैले तपाईहरुको अमुल्य मत पाउनेछु भन्ने दृढ बिश्वास लिएको छु । जसको लागि जनता समाजवादी पार्टी, नेपालको चुनाव चिन्ह छातामा मतदान गरि अत्याधिक बहुमतले विजय गराईदिनहुन हार्दिक अनुरोध एबम अपील गर्दछु ।
मिझोर, नमस्कार, टासिदेलेक, फ्याफुल्ला, जय मातृभुमिसहित
महेश कुमार रानामगर बर्तमान
प्रदेश सभा सदस्य उम्मेदवार
जनता समाजवादी पार्टी, नेपाल सोलुखुम्बु
संपर्कः ९८५१२३२०३३
फेसबुकबाट तपाईको प्रतिक्रिया