चिठी खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता गरिछाड्ने दृढ संकल्प रहेको बताएका छन् । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले फेरि कम्युनिष्ट एकताको झण्डा उठाउने बताए । उनले नेपालका लागि मात्रै नभइ अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुलाई पनि विचार दिन सक्ने गरी पार्टीलाई अघि बढाउन सक्नुपर्ने बताए।
प्रचण्डले यथास्थितिमा रहे विघटन र विससर्जनको खतरामा पर्ने डर रहेको बताउँदै उनले हजारौँ शहीदहरुको सपना शाकार पार्न अन्तिम समयसम्म लडेर नयाँ चिज बनाइ छाड्ने बताए।
यसका लागि पार्टीलाई तल्लो तहबाटै बलियो बनाउन उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे।
अहिले क्रान्तिकारी प्रवृत्ति हराएर व्यक्तिवाद हाबी हुँदै गएको र त्यसलाई परास्त गर्न सके मात्रै पार्टी सफल हुने उनले बताए।
क्रान्ति र सिद्धान्तप्रति समर्पितहरुको शक्ति आफूहरु रहेकोले अहिले बिग्रन थालेको संस्कार सुधार्न आत्मसमिक्षा गर्ने र नयाँ संकल्प गर्ने आवश्यकता रहेको उनले बताए।
हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पनि यही कुरामा जोड दिएको प्रचण्डले बताए।
उनले हालसम्मका सम्पूर्ण उपलब्धीलाई धरासायी गर्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा देखा परे पनि त्यसविरुद्ध निर्मम संघर्ष गरेर तत्कालका लागि वियज हाँसिल गरेको बताए।
जस्तोसुकै मूल्य चुकाउन परे पनि चुकाउने तर नजितेसम्म नछाड्ने संकल्प आफूले लिएको र त्यसमा विजय प्राप्त गरेको प्रचण्डले बताए।
उनले प्रतिमगन अहिलेलाई परास्त भए पनि लोकतन्त्र र राष्ट्रियता रक्षाको लडाई लामो रहेको बताए।
अब पार्टीलाई तल्लो तहबाटै बलियो बनाएर जान सके मात्रै यसमा सफल भइने उनले बताए।
‘हालै केन्द्रीय समिति बैठकले एक खालको ओरेन्टेसन त गरेको छ तर हामीले ठोस ठोस रुपमा प्रदेश र स्थानीय तह सबैलाई त्यही विश्वास पैदा गर्ने ढंगले सेटिङ गर्न सक्छौँ कि सक्दैनौँ’, प्रचण्डले आफूलाई सच्याउँदै भने, ‘सेट गर्न भनौँ‘ यो सेटिङ्ग शब्दले फेरि अर्को अर्थ लाग्ला। सेट गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हामीलाई छ। नेतृत्व त्यसैमा केन्द्रीत भएर लाग्दैछौँ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया