×

साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटकपुग्न सफल नेपाली फुटबल टोलीलाई २ लाख नगद पुरस्कारको घोषणा

कार्तिक १, २०७८, सोमवार
चिठी खबर

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटक पुग्न सफल भएर इतिहास रचेको नेपाली फुटबल टोलीलाई नगद पुरस्कारको घोषणा गरिएको छ । नेपाली फुटबल टोलीलाई उक्त नगद पुरस्कारको घोषणा कुश्मा नगरपालिका, पर्वतले गरेको हो । नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले टोलीलाई नगद २ लाख पुरस्कारको घोषणा गरेका हुन् । नगरप्रमुख जोशीले नेपाली टोलीले साफमा उपविजेता बन्दै ऐतिहासिक सफलता हासिल गरेकोले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगद पुरस्कारको घोषणा गरेको बताएका छन् । यो नगद पुरस्कारको घोषणाले खेलाडीहरु थप प्रोत्साहित हुने उनको बुझाई छ । शनिबार सम्पन्न प्रतिष्ठित साफच्याम्पियनसिपको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ३–० को हार बेहोर्दै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । यद्यपि २८ बर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालले इतिहास रच्न भने सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया