चिठी खबर
काठमाडौ, ९ असार २०७९ । काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा न. २ नयाँपाटीमा अबस्थित हिमश्रीङ्खला एकेडेमीमा अध्ययनरत नेमार आले मगर आफ्नो पढाइ संगै खेलकुद र चित्रकलामा पनि अब्बल क्षमता प्रस्तुत गर्दै आएको छ । कक्षा ३ मा अध्ययनरत ८ बर्षको नेमार पढाइमा पनि दृतिय स्थानमा छ्न ।
चिठीखबर संगको एक अन्तरबार्तामा उनको बुबा भुवन आले मगरले आफ्नो छोरालाइ ब्राजिलको नेमार जस्तै राम्रो खेलाडी बनाउने चाहना बोकेको बताए । आफू फुटबल खेलप्रती अत्यधिक रुचि राख्ने भएकोले छोरालाइ फुटबल खेलाडी बनाउने लक्ष्य राखेको बताए । आले आफू पनि जिल्ला स्तरिय खेलाडी बन्न सफल भएता पनि आफ्नो जिबनमा फुटबल खेलमा लिएको लक्ष्य पूरा गर्न नसकेकोले अब छोरा मार्फत पूरा गर्ने सपना बोकेको बताए । उनको छोरा नेमार हाल जोरपाटीमा रहेको जोरपाटी फुटसल एकेडेमीमा ट्रेनिङ गर्दै आइरहेको छ । उक्त एकेडेमीको ट्रेनर श्री योगी, कृष्ण चौधरी र अशोक गिरिका अनुसार नेमार आले आफ्नो खेल प्रती गहिरो लगाब राख्ने र अनुसासनमा रहेर खेल खेल्ने खेलाडी भएको बताए ।
छोराको नाम किन नेमार नै राख्नु भयो भन्ने प्रश्नमा आलेले जबाफ दिदै छोरा जन्मिदाको समय सन २०१४ को बिश्वकप चलिरहेको र त्यो बेला आफुलाइ मन पर्ने खेलाडी नेमार रहेको अनि आफू दुबईमा कार्यरत रहेको बेला घरबाट छोरा जन्मिएको खबर आएपछि फोन मार्फत आफ्नो छोरोको नाम नेमार राख्न अनुरोध गरेको बताए र सोही मार्फत छोराको नाम नेमार रहन गएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया