×

साझा पार्टीका पुर्व संयोजक थापाको निधन।

जेष्ठ १८, २०७८, मङ्लबार
चिठी खबर

काठमाडौ १८ जेठ । केहीदिन अघि कोरोना संक्रमण पुस्टि भएपछि अस्पताल भर्ना गरिएका विवकेशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले चिठि खबरलाई बताएका थिए । साझा पार्टीका पूर्व संयोजक समेत रहेका ४४ वर्षिय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्ने गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया