चिठी खबर
जिल्लाको त्रिशूली अस्पतालमा १० थान अक्सिजन सिलिन्डर र खरानीटार क्षेत्रीय अस्पतालका लागि ८ थान अक्सिजन सिलिन्डर, पीपीई एक सय थान, सर्जिकल मास्क २५ सय वटा, N–95 मास्क एक सय थान, फेस सिल्ड एकसय थान उपलब्ध गराएका हुन् ।
उपसभामुख राधिका तामाङको आग्रहमा आठ थान खाली सिलिण्डरसहित केही स्वास्थ्य सामग्री प्रदेश सामाजिक विकास मन्त्रालयबाट उपलब्ध गराएका हुन् भने बाँकी सामाग्रीहरु व्यक्तिगत रुपमा संकलन गरी उपलब्ध गराएका हुन् ।
आइतबार अस्पतालमा पुगेर जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने र डाक्टरहरुको रोहवरमा अक्सिजन सिलिन्डर उपलब्ध गराएका हुन् । अक्सिमिटरसहित स्वास्थ्य सामग्रीहरु स्थानीय तहका आइसोलेसनहरुमा पनि छिट्टै उपलब्ध गराउने तयारी रहेको उपसभामुख तामाङका स्वकीय सचिव एलिसा थापाले चिठी खबरलाइ जानकारी गराइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया