×

समाजसेवी बिनोद तामाङले दिए प्राण वायु (अक्सिजन ) शिवपुरी गाउपालिकालाइ

जेष्ठ ९, २०७८, आइतवार
चिठी खबर

काठमाडौ ,९ जेठ । कोभिड भेरियन्टको दोस्रो लहरले बिश्वब्यापी रुपमा मुकाबिला गरिरहेको अबस्थामा नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको हस्पिटललाई समाजसेवी तथा युवा नेता बिनोद तामाङले दुई सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका छ । कोभिड १९ को महामारीमा हाल उपत्यकाको हस्पिटलहरुमा अक्सिजनको अभावको कारणले दैनिक सयौ बिरामिहरु मर्न बाध्य भएकोले त्यो अबस्था शिवपुरी गाउँपालिकाको जनताले भोग्नु नपरोस् भन्ने उद्देश्यले उक्त अक्सिजन सहितको सिलिन्डर सहयोग गरेका उनले बताए । उनी माओवादी केन्द्र शिवपुरी गाउँपालिकाको सचिबालय सदस्य तथा पर्यटन ब्यबसायी पनि हुन । उनले उक्त सिलिन्डर गाउँपालिकाको स्वास्थ्य संयोजक उद्दब कार्की र सो गाउँपालिका वडा न . ६ का वडा अध्यक्ष लाल बहादुर तामाङ मार्फत काठमाडौबाट उक्त गाउँपालिकामा पठाएको जानकारी चिठी खबरलाइ गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया