चैत्र ७, २०८०, बुधबार
चिठी खबर
काठमाडौ । गोकर्णेश्वर नगरपालिका वडा न. १ हलिकोटनगर टोल सुधार समितिको अध्यक्ष नबराज राना मगरले १००% टोलबासीहरुलाइ खुसी पार्न नसक्दा दुखेसो ब्यक्त गर्नु भएको छ । युवा उमेरमै समाज सेवामा प्रबेश गरेको मगरले चिठिखबर संगको एक संबादमा टोलमा बिकास निर्माण र समाजसेवामा अहोरात्र खटेको भएता पनि ९०% टोलबासीलाइ मात्र खुसी पार्न सकेको बताउनुभयो । बांकी १०% टोलबासीको काम कानुनी बाधा र अड्चनको कारणले बिकास निर्माणको काम अगाडि बढाउन नसकेको बताउनु भयो । ढल निकास, बिजुली बत्तिको पोल, पिउने पानीको सु- ब्यबस्था सम्पन्न भैइसकेकोले आजै बाट ढलान कार्य अगाडि बढेको बताउनु भयो । उक्त बिकास निर्माण र समाजसेवाको क्रममा विभिन्न कठिन परिस्थितिमा पनि साथ दिनुहुने भगबानरुपी टोलबासीहरुलाइ र बिकास योजनामा साथ दिनुहुने नेतागणहरुलाइ पनि बिशेश धन्यवाद दिनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया