×

सगरमाथा देखि जनताको घर सम्म महेश्वर

अशोज २४, २०७९, सोमवार
चिठी खबर

महेश्वर फुयाल ( बिबेक )
परिचय
बिस्वको सर्वोच्च शिखर, सगरमाथाको सफल आरोहण गरेका महेश्वर फुयालको जन्म वि.सं २०४० साल असार २६ गते पिता, वासुदेव फुयाल, र आमा, मैयाँ फुयालको दोस्रो सन्तानका रूपमा काठमाडौं जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका (साबिक आलापोट गा.वि.स वार्ड नं दुई) मा भएको थियो ।

राजनीतिक विचारधारा, संगठनात्मक गतिविधि आदिका कारण माओवादी आन्दोलनको क्रममा २०५९ र २०६१ मा सैनिक याताना, प्रहरी हिरासत हुँदै, लगभग साढे दुई वर्ष जेलजीवन बिताएका थिए ।

विद्यार्थी संगठनबाट सुरु गरेको राजनीतिक जीवनमा पछि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को केन्द्रीय सचिव सम्मको जिम्मेवारी लिएका उनि सङ पार्टी कार्यकर्ताको हैसियतले विभिन्न जिल्लामा काम गरेको अनुभव छ ।

विभिन्न सामाजिक संघ/संस्थामा क्रियाशील महेस्वर ले बि स. २०७२ सालमा आएको बिनाशकारी भुकम्पमा आफ्नो हातले मात्र नभई सहयोगका हात फैलाउदै घाइतेहरुलाई मल्हम लगाए भने बास र गाँस गुमेका परिवारहरुको सहारा बने ।

बि. स. २०७७ सालमा कोभिड – १९ ले विश्व मानव समुदायलाई तनाबग्रस्त बनएको विषम परिस्थितिमा सहारा बिहिनहरुको सहारा बने भने विभिन्न समाजिक सस्थाहरुसङ समन्वय सहयोग गरि सडकमा बेबारिसे जनता, विद्यार्थी लगायत आम जनसमुदायलाई सहयोग गरेका थिए ।

प्रारम्भिक शिक्षा स्थानिय नेपाल बाल संगठन शिशु कक्षा आलापोट सुरू गरेर बालविकास मा.वि आलापोटबाट एस एल सी उत्तीर्ण गरी कान्तिपुर क्याम्पस थलिबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र जनसंख्यामा स्नातकोत्तर तह सम्मको अध्यन पूरा गरेका थिए । वि. सं २०५५ देखि अखिल क्रान्तिकारीमा आबद्ध भई, विद्यार्थी आन्दोलनमा संगठित हुँदै, २०५७ सालबाट तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ताको रूपमा क्रियाशील भइ हाल सम्म रहेका छन ।

हाल माओवादी केन्द्र वाग्मती प्रदेश समितिको सचिवालय सदस्य को रूपमा सक्रिय रहेका छन ।
वि.सं २०६९ जेष्ठ १३ गतेमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका फुयालको त्यही जोश र जाङर आफ्नो ठाउको बिकासमा लगाउनेछन भनेर मतदाताहरु बिस्वस्त रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया