×

वैदेशिक रोजगारीमा जानेलाई दुई सय स्थानीय तहले दिन थाले श्रमस्वीकृति।

बैशाख २४, २०८०, आइतवार
चिठी खबर

काठमाडौ । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रमस्वीकृति दिने व्यवस्था मिलाएको दुई साता बित्दा देशभरका दुई सय स्थानीय तहबाट सुरू भएको छ।सरकारले यही वैशाख ३ देखि संघ र प्रदेशमा रहेको सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याएको थियो ।

अनुमति पाएको १८ दिनमा दुई सय स्थानीय तहले सेवा सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। यसअघि काठमाडौंबाट मात्र हुँदै आएको श्रमस्वीकृति दुई वर्षअघिमात्र प्रदेशस्तरमा लगिएको थियो । यस वर्षको वैशाखबाट भने सबै स्थानीय तहबाट सेवा दिने गरी सरकारले व्यवस्था गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया