असार २, २०७८, बुधबार
चिठी खबर

काठमाडौ २ असार, भिसन कोभिड १९ को महामारीमा झेलिरहेका नेपालीहरु माथी वर्षाको सुरुवातसंगै बाढी पहिरोको हृदयविदारक प्रहार व्यहोर्नु परेको छ । हिजो सिन्धुपाल्चोकमा भएको धनजनको ठूलो क्षेतीले हामी सबैलाई स्तब्ध तुल्याएको छ । विपदको यस घडीमा यथाशिघ्र उद्दार र राहत कार्यमा पहल लिन तीनै तहका सरकारलाई माननीय राधीका तामाङ ज्यु ले विशेष अनुरोध गर्नु भएका छन। अतः जोखिम युक्त क्षेत्रमा रहेका सबै नागरिकहरुलाई सतर्क रहन पनि अनुरोध गर्नु भयो । आगामि दिनमा प्रकृतिमैत्री विकास निर्माण, सुरक्षित र बैज्ञानिक मापदण्ड सहित एकिकृत वस्ती व्यवस्थापनमा राज्य र नागरिक सबैले ध्यान पुर्याउन अनुरोध गर्नु भएका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया