जेष्ठ ८, २०७८, शनिबार
चिठी खबर
आज शनिवार माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजनिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई विरोध गर्ने, सरकारका मन्त्रीलाई कालोझण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया