चिठी खबर
अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार साँझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापासहितको टोलीलाई राहत हस्तान्तरण गरेको थियो।
बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
राहत वितरण टोलीमा अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेत, अर्का उपाध्यक्ष तिलकराज भण्डारी, सचिव पवन कार्की, विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धनसहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियो।
यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले बाढीग्रस्त क्षेत्रमा संगठनका सम्पूर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको अध्यक्ष रन्जित तामाङले वताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया