चिठी खबर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गर्नुभएका चितवनका सहिदहरुका परिवारजनसँग भेटघाट र छलफल गर्नुभएको छ । सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा. फुलबारीमा भएको उक्त भेटघाटमा अध्यक्षले सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको बताउनुभयो । अध्यक्षले सहिदले देखेको सपना पुरा नभएकाले त्यसका लागि आफूहरु अझै लडिरहेको बताउनुभयो । अध्यक्षलाई आफ्नो घरआँगनमा भेटेपछि सहिद परिवारजनहरु उत्साहित हुनुभएको सहिद परिवारजन अन्जनकुमार तिमिल्सिना ‘संघर्ष’ले बताउनुभयो । जनयुद्धका क्रममा उहाँका दुई/दुई जना भाइहरु शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिनाले सहादत प्राप्त गर्नुभएको थियो । सो अवसरमा महान् सहिदहरु शारदा श्रेष्ठ, ऋषि रेग्मी, शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिना लगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेका थिय ।
फेसबुकबाट तपाईको प्रतिक्रिया