चिठी खबर
नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देऊवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएको छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको माओवादी केन्द्रका एक नेताले बताएको छ ।
मन्त्रालय बाँडफाँटको विषयमा सिंहदरबारमा आजै देऊवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग कुराकानी गरेका थिए।
राष्ट्रपति कार्यालयले साँझ ६ बजे सपथ ग्रहणका लागि देउवालाई बोलाएको छ। देउवाले कांग्रेसबाट दुई जनालाई आज मन्त्री बनाउन लागेका छन्।
देउवानिकट एक नेताका अनुसार देउवाले आफ्नो तर्फबाट एक जना र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट एक जनालाई आफूसँगै मन्त्रीको सपथ खुवाउने तयारी गरेका छन्।
देउवा पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणमध्ये एक जनालाई आज मन्त्री बनाउने गरी छलफल भएको देउवानिकट एक नेताले बता
यस्तै पौडेल पक्षबाट मिनेन्द्र रिजाल र सञ्जय गौतममध्ये एक जनालाई मन्त्री बनाउने गृहकार्य छ।
कोरोना महामारी रहेकोले स्वास्थ्य मन्त्री आवश्यक हुने भन्दै गगन थापालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरे पनि आज उनी मन्त्री हुने सम्भावना कम छ।
देउवाले कांग्रेसका मात्र होइन गठबन्धनमा रहेका अरू दलबाट पनि मन्त्री बनाउनु पर्नेछ।
जसपाबाट उपेन्द्र यादवलाई परराष्ट्र मन्त्री बनाउने देउवाको तयारी रहे पनि जसपाले निर्णय गरिसकेको छैन। सरकारमा सहभागी हुने, नहुनेबारे निर्णय गर्न जसपाको बैठक बसिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया