माओबादी केन्द्र, नुवाकोट शिवपुरी ५ मा बिनोद तामाङको उम्मेदवारी सर्बसहमतमा सिफारीस । बैशाख ९, २०७९, शुक्रबार चिठी खबर काठमाडौ , २०७९/१/९ शुक्रबार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोट जिल्लाको शिवपुरी गाउँपालीका वडा न. ५ मा वडा अध्यक्षको उम्मेदवारीको बारेमा विषय पेचिलो बनेको थियो । अध्यक्षको लागि पिपल बहादुर तामाङ, बिनोद तामाङ, मुकुन्द थापा र कुमार तामाङले आ- आफ्नो दाबी गरेका थिए । चारै जनाको दाबीले पटक पटक बसेको बैठकले उम्मेदवारी टुङ्ग्याउन निक्कै सकस परेता पनि आज बसेको बैठकले भने सहजै टुंगोमा पुग्न सफल भएको छ । छलफलमा अन्ततः कुमार तामाङ र मुकुन्द थापाले बिनोद तामाङलाइ साथ दिएका थिए । बैठकमा माओवादी केन्द्रको नेताहरु वीर बहादुर तामाङ र संग्राम रानामगरको उपस्थिती रहेको थियो । थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया