×

माअोवादी केन्द्र वाग्मती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत तथा पुनःस्थापना र पुनर्निर्माणको लागि रु ६७ लाख ९० हजार हस्तान्तरण

साउन ११, २०७८, सोमवार
चिठी खबर

काठमाडौ ११ साउन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वाग्मती प्रदेशले सिन्धुपाल्चोकका बाढीपीडितहरुलाई राहत तथा पुनःस्थापना र पुनर्निर्माणको लागि रु ६७ लाख ९० हजार हस्तान्तरण गरेको छ।
आज श्रावण ११ गते विहान मेलम्ची नगरपालिकाको सभा हलमा बागमती प्रदेशका सह-इञ्चार्ज कमरेड हितबहादुर तामाङ, कमरेड हितमान शाक्य र अध्यक्ष कमरेड नारायण दाहाल, केन्द्रीय सदस्य कमरेड माधव सापकोटा र केन्द्रीय सदस्य कमरेड युवराज दुलालको उपस्थिति र अन्य नेता कार्यकर्ताहरुको सहभागीतामा मेलम्ची नगरपालिकाका मेयर श्रीडम्बर अर्याल , पाँचपोखरी थाम्पालका अध्यक्ष श्री टासी ह्योल्मो शेर्पा र हेलम्बुका प्रतिनिधिलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश अन्तर्गतका माअोवादी केन्द्रको तर्फबाट निर्वाचित नगर तथा गाउँपालिकाहरुलाई प्रदेश कार्यालयले समन्वयमा मेलम्ची नगरपालिका , हेलम्बु गाउँपालिका र पाँचपोखरी थाम्पाल गाउँपालिकाका बाढीबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना र पुनर्निर्माण कार्यमा प्रयोग गर्नेगरी उक्त रकम संकलन गरिएको हो ।
निम्नलिखित पालिकाहरुले निम्नअनुसारका रकमहरु प्रदान गरेका छन् :
१.नुवाकोट
(१)ककनी गाउँपालिका रु ५ लाख
(२) पञ्चकन्या गाउँपालिका रु ३ लाख
२.धादिङ
(१) बेनिघाट रोराङ गाउँपालिका रु ३लाख
३.चितवन
(१)भरतपुर महानगरपालिका रु १० लाख
(२) माडी नगरपालिका रु ६ लाख
४.सिन्धुली
(१) मरिण गाउँपालिका
(२) सुनकोसी गाउँपालिका रु ६ लाख(दुवैको संयुक्त )
५.रामेछाप
(१) सुनापती गाउँपालिका रु ३ लाख
(२) दोरम्बा गाउँपालिका रु३ लाख
६.काभ्रेपलान्चोक
(१)चौरी देउराली गाउँपालिका रु ६ लाख
(२) महाभारत गाउँपालिका रु ३ लाख
७.मकवानपुर
(१)बागमती गाउँपालिका रु ३ लाख
८.सिन्धुपाल्चोक
(१)चौतारा नगरपालिका रु ११ लाख
(२) भोटेकोसी गाउँपालिका रु ५ लाख
९. ललितपुर
(१)कोन्जोसोम गाउँपालिका रु ९०हजार
यी सबै पालिकाहरुबाट प्राप्त रु ६७ लाख ९० हजार रुपैया मेलम्ची नगरपालिका , हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका गरि तीनै वटा पालिकाहरुलाई बराबरी अंकको दरले हस्तान्तरण गरिएको छ। copy from sukram Tamang fb

फेसबुकबाट तपाईको प्रतिक्रिया