×

मन्त्रिपरिषद विस्तार ः खगराज अधिकारी बने गृहमन्त्री, सञ्चारमा बादल पत्नी नैनकला थापा

जेष्ठ २७, २०७८, बिहिबार
चिठी खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले सत्तारुढ नेकपा एमालेबाट एक राज्यमन्त्री सहित् ६ जना मन्त्री नियुक्ति गरेका छन् भने समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाईएका छन् । प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । त्यस्तै, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी गृहमन्त्री रामबहादुर थापाको पत्नी नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । एमालेबाटै गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।
एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो ।

एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

यो सँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया