चिठी खबर
काठमाडौ , २०७९ भदौ ७ मंगलबार । नेपाल मगर संघ गोकर्णेश्वर नगर समिती शोक- सन्तप्त परिवार भेट्न र समबेदना प्रकट गर्न नुवाकोट पुगेका हुन । नेपाल मगर संघ गोकणेश्वर नगर समितिको अध्यक्ष नबराज राना मगरको दाइ कुमार राना मगरको गत साउन २५ गते आफ्नै घरमा हृदयघातको कारण मृत्युु भएको थियो । बेलुका खाना खाएर सुतेको उनी भोलिपल्ट बिहान मृत अबस्थामा रहेको थियो । उनको एक छोरा र एक छोरी रहेको छन । ३५ बर्षको उमेरमा अकालमै ज्यान गुमाएको भन्दै मगर संघ उनको परिवार भेट्न नुवाकोट पुगेको हो । शिवपुरी ५ कल्लेरी पुगी शोकाकुल परिवरजनलाइ भेटि गहिरो समबेदना प्रकट गरि आर्थिक रु. दस हजार ( १००००) सहयोग स्वरुप हस्तान्तरण गरेका थिए । मगर संघ बाग्मती प्रदेशको सदस्य कृष्ण ब. पुर्बछाने मगर ( राजु ) को नेतृत्वदायी भुमिकामा उक्त टोलि नुवाकोट पुगेको हो । गोकर्णेश्वर नगर समितिबाट सचिब कल्याणी राना मगर, कोषाध्यक्ष तुलसी आले मगर, सदस्यहरु हित ब. थापा मगर, दावाडोल्मा शेर्पा मगर र धनमाया दर्लामी मगर पुगेका हुन ।
White Irises
Ogawa Kazumasa
Cherry Blossom
Ogawa Kazumasa
फेसबुकबाट तपाईको प्रतिक्रिया