×

मगर उधमशील युवा संस्था रसकांडाको संयोजनमा आर्थिक सहयोग ।

असार १८, २०८०, सोमवार
चिठी खबर

काठमाडौं । रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं ७ खरिढुंगा निवासी गणेश वहादुर मगरको छोरी वर्ष १८ कि पार्वति थापा मगर घॅास काट्न जाने क्ररमा ६०० मिटर माथी भिरवाट लडेर मेरूडण्ड नै भाचिएको अवस्थामा आर्थिक अभावको कारण सही उपचार नपाएर अहिले राष्ट्रिय ट्रमा सेन्टरमा छटपटाईरहेको छ। परिवारको सदस्यले आफ्नो भए जति जायजेथा बेचेर पार्वतिको उपचारमा लागे नि खर्च अभावले पार्वतिको स्वास्थ अवस्था झन झन जटिल बन्दै गएको छ। यस्तोमा परिवारको सदस्यले आफ्नो छोरीको उपचारमा सहयोग गर्न सबैलाई गरेको आग्रहमा मगर उधमशील युवा संस्था रसकाँडाले रु.८८,२९२/- विरामीको परिवारलाई हस्तान्तरण गरेको छ। संस्थाका प्रतिनिधि अमर मगरका अनुसार बिरामी पार्वति थापा मगरको स्वास्थ्य अवस्था र परिवारको आर्थिक अवस्था साह्रै दयनीय देखेर हाम्रो सानो सहयोगले कसैको जीवन रहन्छ भने किन सहयोग नगर्ने भन्ने सोचेर सहयोग जुटाउन लागिपरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया