चिठी खबर
काठमाडौ । नेपाल मगर संघ गोकर्णेश्वर नगर समितिले आयोजना गरेको भित्तेपात्रो बिमोचन तथा नयाँ बर्ष २०८० सालको शुभकामना आदन – प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य माननीय शान्ती श्रेष्ठ ज्युको उपस्थिती रहेको थियो । माननीय श्रेष्ठले कार्यक्रम उत्घाटन र रातो रिबन खोलेर भित्तेपात्रो बिमोचन गर्नुभएको हो । शुभकामना मन्तब्यको क्रममा बोल्नुहुदै मगरहरुको आफ्नो जातिय पहिचान , धर्म , भाषा र संस्कृति जोगाइ राख्नु पर्ने र सम्पुर्ण आम मगरहरु एकजुट भैइ अघि बढ्नु पर्ने बताउनुभयो । गोकर्णेश्वर नगरपालीका भित्र बसोबास गर्नुहुने मगरहरु आफ्नो हक र अधिकारको निम्ति नगरपालिकामा जाहेज मागहरु लिएर जानको निम्ति अनुरोध गर्दै त्यसबेला अप्ठेरो परेमा उहाँले सहयोग गर्नुहुने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा करिब २०० जना मगरहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन कुमार बुढाथोकी मगरले गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया