जेष्ठ २८, २०८०, आइतवार
चिठी खबर

काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा सुचीकृत महिला समुहका सदस्यहरुमा भएको अन्तर महिला समूह बक्तृत्त्वकला-२०८० वडा नं ८ को अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा एक कार्यक्रमका बिच समापन भएको छ। गोकर्णेश्वर नगरपालिकाकाे आर्थिक सहयोग तथा सुन्दरी माई जेसिजद्वारा आयाेजित लोकतन्त्रमा महिलाको सहभागिता भन्ने बिचार सहित दुईदिने अन्तर महिला समूह वक्तृत्वकला प्रतियोगिता २०८० गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बक्तृत्त्वकला प्रतियोगितामा प्रथम स्थानमा शान्ति थापा (इच्छा शक्ति महिला समूह), दोस्रो स्थानमा मिना गुरुङ ( उत्तरगया सशक्तिकरण महिला समुह ) र तेस्रो स्थानमा शान्ति लामा कारन्जित ( शंख डोल प्रगतिशील महिला समूह) बाट रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया