भदौ १, २०७८, मङ्लबार
चिठी खबर
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । अध्यादेश प्रमाणीकरण गरिदिन परामर्श गर्ने गरी देउवा आफैं शीतल निवास गएको स्रोतले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरु भए दल विभाजन हुनेगरी राजनीतिक दल सम्वन्धी अध्यादेश ल्याएको छ । तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा चलेको आरोप लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश संविधान अनुकूल नभएकाले पुनर्विचार गर्नु भनी सरकारलाई नै फर्काइदिने सम्भावना उत्तिकै छ । त्यसो हुँदा यो सरकार थप अप्ठेरोमा पर्ने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया