चिठी खबर
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा सुनवाई हुँदै आएको संवैधानिक इजलासमा स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा बिरामी परेको भन्दै आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको हो ।
प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उनको अनुपस्थितिमा इजलास सञ्चालन हुदैन ।
सर्वोच्चका प्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रधानन्यायाधीश जवरा बिरामी भएका कारण आज अदालतमा नआएकाले संवैधानिक इजलासमा सुनुवाइ स्थगन भएको बताए ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्चमा परेका ३० वटा मुद्दामा सुनुवाइ भइरहेको छ ।
प्रधानन्यायीशसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।
इजलास गठनकै विवादमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया