×

प्रधानन्यायाधीसलाई कानून व्यवसायीको जवाफ – बिदामा बसे भइहाल्यो नी श्रीमान !

जेष्ठ १६, २०७८, आइतवार
चिठी खबर

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासबाट अलग हुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई विदामा बस्न कानून व्यवसायीले सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ शुरू भएलगत्तै रिट निवेदक तर्फका कानून व्यवसायीले न्यायाधीशद्वय श्रेष्ठ र केसी माथि प्रश्न उठाका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १४६ सांसदको रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशद्वय श्रेष्ठ र केसीलाई संवैधानिक इजलासबाट अलग हुन सुझाव दिए। । वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा प्रश्न उठे न्यायाधीशहरू नबस्ने प्रचलन रहेको बताए । उनले नेकपाको एकतालाई खारेज गर्ने मुद्दा हेरेका न्यायाधीश बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएकोमा प्रश्न उठाए ।
अहिलेको परिस्थिति त्यही नेकपाका कारण भएको हो । रिट निवेदक माधवकुमार नेपाल र झलनाथ खनाल तथा विघटन गर्ने प्रधानमन्त्री एउटै पार्टीमा हुनुहुन्छु, थापाले भने, ‘भारतमा पनि प्रश्न उठ्दा न्यायाधीश नबस्ने गरेको उदाहरण छ’ ।

थापाले न्यायाधीशको विषयमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले यसअघि आफूले पनि प्रतिनिधि सभा विघटनको मुद्दा हेरेको विषय उप्काए ।

मेरोबारे तपाईंको धारणा के छ ? राणाले सोधे ।

जवाफमा थापाले भने, ‘श्रीमान् बिदामा बस्नुभए हुन्छ’ ।

नेकपाको एकतालाई साविकको अवस्थामा फर्काउने फैसला गरेका बमबहादुर श्रेष्ठलाई इजलासमा राखिएको विषयमा रिट निवेदक पक्षका वकिलहरु गोबिन्द बन्दी, महादेव यादव, बद्रीबहादुर कार्की र हरिहर दाहालले पनि उठाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया