जेष्ठ २, २०७८, आइतवार
चिठी खबर
- काठमाडौं, २ ज्येष्ठ । धनगढि एफसिलाइ पराजित गर्दै काठमाडौं रेजर्स एफसि पहिलो संस्करणको नेपाल सुपर लिग ( एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढिलाइ १ – ० गोल अन्तरले हराउदै काठमाडौं एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको छ । त्रीपुरेश्वरस्थित , दशरथ रंगशालामा काठमाडौंको लागि बिदेशी मेसौके ओलोमोउले निर्णाएक गोल गरेका हुन।उनले खेलको २१ औ मिनेटमा गोल गरेका थिए । मेसौके ओलोमोउलेनै कुल आठ गोल गर्दै प्रतियोगिताको सर्बाधिक गोलकर्ता समेत बने । उपाधि सङ्गै काठमाण्डौले रु: ३५ लाखपुरस्कार प्राप्त गरेको छ भने उपबिजेता धनगढिले रु: १५ लाख प्राप्त गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया