साउन ३२, २०७८, सोमवार
चिठी खबर

काठमाडौ । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्। २४ वर्षे पवनदीप राजनको जन्म भारतको उत्तराखन्ड कुमाउँको सानो जिल्ला चम्पावतमा भएको थियो । गायनमा मात्र नभएर उनी वाद्यवाधन मा पनि उत्तिकै पोख्त भएका ब्यक्ति हुन। उन्ले गितार, ढोलक, तबला, हार्मोनियम, पियानो, ड्रमलगायत धेरै किसिमका बाजा बजाउँन पनि सक्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया