चिठी खबर
काठमाडौं २२ असार, नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेपछि लागू हुनेगरी निगमले असार महिनामा दोस्रो पटक मूल्य वृद्धि गरेको हो ।पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपयाँ बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब पेट्रोल प्रतिलिटर १२९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११२ रुपैयाँ भएको छ । यसअघि पेट्रोल १२७ र डिजेल र मट्टीतेल ११२ रुपैयाँ थियो । यसअघि निगमले असार १० गते रातिबाट लागू हुनेगरी मूल्य बढाएको थियो ।त्यसैगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । अन्तराष्ट्रिय इन्धन भने प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ पुर्याएको छ ।त्यसैगरी खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ। १४ सय रुपैयाँमा पाइले खाना पकाउने ग्यासलाई अब १४ सय २५ पर्ने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया