×

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य कुमारी मोक्तान मन्त्री बन्ने भएका छन

कार्तिक ११, २०७८, बिहिबार
चिठी खबर

काठमाडौं । बागमती प्रदेशको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बन्ने नया सरकारमा मकवानपुरबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान मन्त्री बन्ने भएकी छिन । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेशसभा निर्वाचनबाट मोक्तान बिस २०७४ मा वामगठवन्धनको तर्फबाट विजयी भएका थिए। बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया