नुवाकोट, शिवपुरी ५ को वडा अध्यक्षमा मुकुन्द थापाको दाबी । चैत्र २८, २०७८, सोमवार चिठी खबर चैत २८,२०७८,सोमबार । नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा न. ५ मा माओवादी केन्द्रको वडा अध्यक्ष उम्मेदवारीको निम्ति ४ जनाले दाबी पेस गरेका छन । चैत २४ गते बसेको माओवादी केन्द्रको वडा स्तरिय बैठकमा मुकुन्द थापा, बिनोद तामाङ , पिपल बहादुर तामाङ र कुमार तामाङको रस्साकस्सी चलेको थियो । बैठकमा चारै जनाले पार्टीमा आफुले गरेको योगदानको कदर गर्दिनुहुन नेताहरुलाइ अनुरोध गरेको थिए । नुवाकोट कम्युनिस्ट जेष्ठ मन्चको अध्यक्ष समेत रहेको पिपल बहादुर तामाङले पार्टीले आफुलाइ टिकट दिए जितेर देखाउने र वडाको बिकासको निम्ति हदै सम्म लागि पर्ने बताए । त्यस्तै YCL नुवाकोटका जिल्ला सदस्य मुकुन्द थापाले यसपाली युवाहरूलाई मौका दिनुपर्ने र युवाले नै बिकास र परिबर्तन गर्न सक्ने बताउदै एक नम्बरको आफ्नो दाबी रहेको बताए । त्यस्तै बिनोद तामाङले आफू पार्टीको वडा अध्यक्ष रहेकोले आफ्नो बलियो दाबी भएको बताउदै गठबन्धनको कुरा चलिरहेको हुदा आफुले टिकट पाए गठबन्धन बिना पनि जित्ने आधार बनाइसकेकोले आफुले टिकट पाउनु पर्ने बताए । त्यस्तै YCL जिल्ला सदस्य कुमार तामाङले आफू निरन्तर पार्टीमा लागेर संगठनको हितको निम्ति सबैथोक गर्दै आएको र अघिल्लो चुनाबमा पनि आफुलाइ टिकटको आसा देखाएर नदिएको भन्दै यसपाली जस्सरी पनि आफुले टिकट पाउनु पर्ने दाबी गरेका थिए । थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया