साउन १०, २०७८, आइतवार
चिठी खबर
काठमाडौ ।
दुप्चेश्वर गाउँपालिका वडा न.७, शिखरबेंसीमा केहि दिन अगाडि गएको पहिरोस्थलको अवलोकन र प्रभावित स्थानीयलाई भेट्न र केही राहत सामाग्री उपलब्ध गराउन संघीय सांसद माननीय हितबहादुर तामाङ ज्यु , वाग्मती प्रदेशका उपसभामुख माननीय राधिका तामाङ ज्यु आज शिखरबेंसी पुगेर स्थलगत अवलोकन र पहिरो पीडितलाई भेट्नु भएको छ । त्यसक्रममा सांसद र उपसभामुख तामाङले नेकपा (माओवादी केन्द्र) दुप्चेश्वर गाउँपालिका संगठन समितिको समन्वयमा उपलब्ध जस्तापाता प्रभावितलाई हस्तान्तरण गर्नु भएको छ । घटना घटे लगत्तै दुप्चेश्वर गाउँपालिका नेकपा ( माओवादी केन्द्र ) को तर्फ बाट नगद रकम राहत स्वरुप उपलब्ध गराइसकेको जानकारी पनि चिठि खबर लाई बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया