×

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चाडेै टुंगो लगाउने

फाल्गुन ४, २०७८, बुधबार
चिठी खबर

 काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताए । बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने र २० दिन भित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको टुङो लागाउने बताएका छन । विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङियाबस्ती क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउनेछौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विभिन्न दलका शीर्ष नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।काठमाडौँ पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले बताएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया