×

दासढुंगा प्रकरण ः घटनाको यथार्थ बाहिर ल्याउन माधव नेपालको आग्रह, प्रधानमन्त्री ओली मौन

जेष्ठ ३, २०७८, सोमवार
चिठी खबर

काठमाडौं , ३ ज्येष्ठ । अाज नेकपा एमालकोे तत्कालीन महासचिव मदन भण्डारी र तत्कालीन एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित को २८ औं स्मृति दिवस । स्मृति दिवसको अवसरमा एमालेका नेता कार्यकर्ताहरुले बल्खु स्थित् पुरानो पार्टी कार्यालयमा भेला भएर मदन भण्डारीको शलिकमा माल्यार्पण गरेका छन् । जनताको बहुदलिय जनतवादको प्रवद्र्धक भण्डारी र आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएको थियो । २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म खुलासा हुन सकेको छैन । एमालेभित्र हरेक वर्ष चर्चा मात्रै हुने गर्छ । तिनै मदनभण्डारीले लिएको विचार सिद्धान्तले एमाले पार्टीले पटक पटक सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । अझ, हाल भण्डारीकै पत्नी विद्या देवी भण्डारी राष्ट्रपति छिन् ।
स्मृति दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछटै विज्ञप्ती जारी गरी मदन भण्डारीको सम्झना गरेका छन् । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा दुर्घटना रहस्यमय भएको भन्दै यथार्थ बाहिर ल्याउन माग गरेका छन् । नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जननेता कमरेड मदन भण्डारी कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन ।’बरिष्ठ नेता नेपालले भनेका छन् ‘घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहान्छु ।’

तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली दासढुंगा प्रकरणबारे भने मौन देखिएका छन् । ओलीले जारी गरेको वक्तव्यमा मदन भण्डारीका योगदानहरुको चर्चा गर्दै वामपन्थीहरुको एकतामा जोड दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया