जेष्ठ २, २०७८, आइतवार
चिठी खबर
तिमी किन घमण्ड गर्छौ ?
नारायण पन्त
सम्पतीको घमण्ड किन गर्छौ यहाँ,
आखिर एक दिन छोडेर जानु छ ।
नाङगै जन्मेर आयौ यस धर्तीमा
नाङगै शरिर लिएर जानु छ ।।१।।
रुपको घमन्ड किन गदछौ यहाँ,
एक दिन बुढो भई खस्नु छ ।
आत्माले शरिर छोडेर गएपछि,
एकदिन सबै चितासंगै जल्नु छ ।।२।।
शक्तिको घमन्ड किन गर्दछौ यहाँ,
ठूला ठूला वादशाहाहरु पनि मरेर गए।
भृकुटी, आर्दश सीता र राम पनि,
यस धर्तीलाई सदाका लागि छोडेर गए ।।३।।
स्थाइ जागीरको घमन्ड किन गर्दछौ यहाँ,
मानव शरिरनै पुथ्वीमा अस्थाई भएपछि ।
कस्को के चिन्ता लिन सक्छौ र यहाँ,
आखिर भौतिक शरिरले छोडेर गएपछि ।।४।।
त्यसैले,
वाञ्चुन्जेल सवैको भलो मात्र चिताऊ,
अरुको कुभलो गर्ने वुद्धिमानी पात्र नवन ।
भौतिक शरिर मरेर गएपनि संसारवाट,
सदा सदाका लागि तिमी अमर वन् ।।५।।
धन्यवाद !
फेसबुकबाट तपाईको प्रतिक्रिया