×

चिनारी साकोसले गर्यो एकै साथ दुई कार्यक्रम सम्पन्न ।

फाल्गुन २९, २०७८, आइतवार
चिठी खबर

आइतबार,२९ फाल्गुन २०७८। काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा न. ४ नामगेलमा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि. ले एकै समयमा मिलाएर अर्धबार्षिक समीक्षा एबं संस्थाको समिती, उपसमिती र कर्मचारीहरुलाई क्षमता अभिबृद्दी दुई दिने कार्यक्रम फाल्गुन २७/२८ गते नगरकोटको होटेल मेरीगोल्डमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेप्स्कुनको केन्द्रिय बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले यस चिनारी साकोस देशकै नमुना साकोसको रुपमा स्थापित भइरहेकोले सहकारी ऎन अन्तर्गत रहेर अगाडि बढ्नको निम्ति शुभेच्छा प्रकट गर्नुभएको थियो । कार्यक्रममा बरिस्ठ प्रशिक्षक प्रेमनाथ वाग्लेले चिनारीमा भएको केही समस्याको पहिचान गरि समधानको उपाय सहित प्रशिक्षण गर्नुभएको थियो । उहाँको प्रशिक्षणले चिनारीमा महत्वपूर्ण उर्जा थपेको भन्दै संस्थाको कार्यकारी प्रमुख प्रेमलाल श्रेष्ठले उहाँ प्रती धन्यवाद प्रकट गर्नु भएको थियो । संस्थाको अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले कार्यक्रम भब्य र उर्जात्मक रुपमा सम्पन्न भएकोले उपस्थित सबैलाई धन्यवाद दिदै चिनारी सकोसलाइ सबैले माया गर्नुपर्ने र गर्नुहुन सबैलाइ अनुरोध गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया