×

चिठी खबर यात्रा

बैशाख २९, २०७८, बुधबार
चिठी खबर
chithikhabar

निरन्तर डेढ वर्षदेखिको लगाव हुट्हुटी पछि चिठी खबर अनलाईन समाचार सञ्चालनमा ल्याउन सफल भयौं । भ्रष्ट शासक चिन्तन बोक्नेहरुलाई कलमको माध्यमबाट हतियार पुरस्कृत गर्ने ‘इख’ बोकी चिठी खबर टिम आएका हौं ।
विश्वव्यापीरुपमै कोरोना कहरले मिडियक्षेत्रलाई नराम्रो प्रभावित बनाएको छ । कोरोनाले गर्दा धेरैको पेसा गुम्यो, कसैले बाटोनै परिवर्तन गर्यो । धेरै संक्रमित मै छन् । फरक यति हो कोरोना महामारी बिच पनि चिठी खबरले प्रवेश पायो । जसको एउटै कर्म हुने छ सत्य, तथ्य खुराक पस्कनु।

हामी नियतबस अर्नगल प्रचार–प्रसार मात्रै हुने समाचारमा विश्वास गदैनौं । सनसनी, भाइरलमा भन्दा सत्यतथ्यमा जोड दिन्छौं । आमजनता जो पाठकवर्गको समस्या, दुःखको चिठी सरकार हाक्नेहरुको कोटको खल्तीमा पुर्याउन हुलाक बन्ने छ चिठी खबर । जनताको दुख नदेख्ने शासकहरुलाई खबरदारी गर्न चिठी खबर टिम अन्तिमअवस्था सम्म चुक्ने छैनौं ।
भनिन्छ मिडिय र सरकार एकअर्का प्रतिपक्ष हुन् । हाम्रो खबरदारी सत्तामा रही भ्रष्टचारमा लिप्त हुनेहरुलाई चित्त नबुझ्न सक्छ । शासकलाई प्रश्न गरेको चित्त नबुझ्नु स्वाभाविक हो । लोकतन्त्रवादी, साम्यवादी अथवा दलविहिन जोसुकै होऊन तिनीहरुलाई प्रश्न नगरे वा गलत लिगमा हिडेकाहरुलाई सही बाटोमा नल्याए स्वेच्छाचारी बन्ने छन् ।
पछिल्लो समय आमजनतामा मिडियाले जे पनि लेख्छन्, बोल्छन् भन्ने पर्दै आएको पनि देखिन्छ । सत्यतथ्य हेर्ने र पढ्ने पाठकवर्गबाटै छुट्टिनेछन् भन्ने हाम्रो मान्यता हो । जे देखिन्छ त्यही लेखिन्छ भन्ने हाम्रो प्रण सदैव रहीरहने छ । अझ विज्ञ पाठक सामु विषयवस्तुबाटै विश्वस्त दिलाउनु उपयुक्त हुने छ ।
हाम्रो मान्यता हो सत्य वास्ताविकता लुक्नु हुदैन । जस्तो सुकै परिस्थितिमा पनि हामी सत्तालाई जवाफदेही तुल्याउन बाध्य पार्ने लक्ष्य हुने छ। हाम्रो यो लक्ष्यमा श्रद्धेय आमपाठकवर्गको साथ रहने छ भन्ने हामी विश्वस्त छौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया