×

गोकर्णेश्वर १ को हलिकोट मिलन मार्ग टोल उच्च जोखिममा ।

साउन १३, २०७९, शुक्रबार
चिठी खबर

काठमाडौ , १३ शुक्रबार २०७९ । काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा न. १ को हलिकोट मिलनमार्ग टोल जन्तरे खोलाको उच्च जोखिममा परेको छ । वडा न. १ र २ सिमाङ्कनको रुपमा रहेको जन्तरे खहरे खोलाले वडा न .१ पट्टिको मिलनमार्ग टोललाइ जोखिममा पारेको हो । मालपोतको नक्साचित्र अनुसार खोलाको करिडोरको भाग छोडेर घरहरु निर्माण गर्दा पनि बर्षायामको भेलबाढीले करिडोरको भाग भत्काएर लगेको हुनाले करिडोर छेउको घरहरु उच्च जोखिममा परेको हो ।
उक्त समस्या जनप्रतिनिधि वडा अध्यक्ष द्वारिका श्रेष्ठ र श्रीकृष्ण तामाङलाई जानकारी गराएको भएतापनि आर्थिक बर्ष २०७९-२०८० को वडा स्तरिय योजनामा उक्त समस्यालाइ समेट्न नसकेको त्यहाँका स्थानिय रत्न मगर र अमृत जिरेलले बताए । उक्त बिसयलाइ लिएर चिठिखबर संग एक संबादमा जनप्रतिनिधि वडा अध्यक्ष द्वारिका श्रेष्ठ र श्रीकृष्ण तामाङले यो समस्या ठूलो समस्या रहेकोले वडाले समेट्न नसकेको बताए तर नगरपालिकाको कार्यपालिकाको बैठकमा उक्त समस्यालाइ उठान गराएर समस्याको समधान गराउने आस्वासन दिएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया