×

गुरु पुर्णिमाको अबसरमा नेपाल एतिमि क्याकुसिन करातेद्वारा कार्यक्रम सम्पन्न

साउन १०, २०७८, आइतवार
चिठी खबर

काठमाडौ । गुरु पुर्णिामाको सुवर्ण अवसरमा नेपाल एतिमी क्याकुसिन करातेद्वारा बालाजु निहारिका स्कुलमा १५० बढी खेलाडीका साथ २०० जना भन्दा बढी ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको छ । नेपाल एतिमी क्याकुसिन करातेका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा समिति सदस्य प्रकाश रैलाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व खेलकुद मन्त्री एवम् नुवाकोट प्रतिनिधि सभा सांसद माननीय हित बहादुर तामाङ र विशेष अतिथिको रुपमा बाग्मती प्रदेश सभा उपसभामुख राधिका तामाङ हुनुहुन्थ्यो।

उपाध्यक्ष वीर बहादुर तामाङ ,सागर गुरुङ ,सचीव युवकराज पराजुली ,कोषाध्यक्ष मन्जु थापा लगायत सदस्यहरुको विशेष सक्रियतामा कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया