×

गजल-” तिम्रै याद आउँछ “

साउन १८, २०८१, शुक्रबार
चिठी खबर

गजल ~ “तिम्रै याद आउंछ “

जब गोधुली हुन्छ, तिम्रै याद आउंछ
रात जूनेली हुन्छ, तिम्रै याद आउंछ।
बिछ्यौनामा साउती खेली कोल्टे फेर्दा,
अनिधोमा हुन्छु जब तिम्रै याद आउंछ।

जब विहान हुन्छ, तिम्रै याद आउंछ
हरपल हरक्षण केही गरे तिम्रै याद आउंछ ।
पर्खाईको विलम्वलाई पराजित गरि
दगंल भिरेर थाकेपछि तिम्रै याद आउंछ।

सपनामा हुन्छु, तिम्रै याद आउंछ
बिपनामा हुन्छु, तिम्रै याद आउंछ।
एक्लै परि एकान्तमा सोचिरहंदा पनि
हावाको तरङ्गले झस्काउंदा, तिम्रै याद आउंछ।

पहाडमा जब गडगडाउंछु तिम्रै याद आउंछ
तराईमा शान्ति सुसेल्दा, तिम्रै याद आउंछ।
झरना, ताल, पानी, पधेंरी जे देख्छु
हरेक रङ्गहरूमा तिम्रै याद आउंछ ।

बर्षौं भेट नभएको जस्तो हुंदा तिम्रै याद आउंछ
खाली खाली मन छ आज, तिम्रै याद आउंछ ।
को हौ तिमी ? आज सम्म पहेलीमा
नेपथ्यमा हुन्छु जब, तिम्रै याद आउंछ ।

नेपथ्यमा हुन्छु जव, तिम्रै याद आउंछ ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया