चिठी खबर
वडा भित्र कोभिड संक्रमित बढदै गइरहेको बेला स्वास्थ्य सामाग्री अभाव नहोस भनेर श्री कृष्ण मावि पूर्व विधार्थी एकता समाजको समन्वयमा विभिन्न स्थानीय संघ संस्थाहरु जनज्योती युवा समाज, खाँडादेवी- काठमाडौं उधमशिल युवा समुह, क्षेत्री कल्याण समाज, छारघ्यालम बुद्ध सेवा समाज, मिड जोन सर्भिसेज, स्वास्थ्य विभाग लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको सहयोगमा संकलित स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ७ का अध्यक्ष असलसिंह तामाङलाई हस्तान्तरण गरेका छन ।
आइसोलेसन बेड ३ सेट ,अक्सिजन सिलिन्डर ५ थान(१०लि.), पिपिइ १० थान, एंन्टीजेन कीट ५० थान, थर्मल गन १५ थान, रेगुलेटर ३ थान, अक्सिजन मास्क ४ थान, अक्सिमिटर
१५ थान, थर्मोमिटर १४ थान, गाउन सेट ५० थान, गुम बूट ३ थान, एक्ज्यामिनेसन ग्लोप्स १०० थान, सर्जिकल ग्लोप्स १०० थान, N95 मास्क १०० थान, फेस सिल्ड २० थान, मास्क ५०० थान, भिटामिन सी ५० थान, भिटामिन डी ५० थान, जिन्क ५० थान, र प्यारासिटामोल ५० थान लगायत विविध सामग्री हस्तान्तरण गरेका छन ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अखिल (क्रान्तिकारी)का काठमाडौंको संयोजक एवं पूर्व विधार्थी एकता समाजका अध्यक्ष कृष्ण थापा मगरले कोरोना जोखिम नियन्त्रण र रोकथाममा आफूहरुको तर्फबाट विभिन्न स्थानीय संघ संस्था तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुसंग समन्वय गर्दै संयुक्त कोभिड-१९ हेल्प डेस्क निर्माण गरी स्वास्थ्य सामाग्री वडा अन्तर्गतका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै वडा अध्यक्ष तामाङले सहयोग गर्ने पूर्व विधार्थी एकता समाज लगायत सबैलाई धन्यवाद दिएका थिए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य एवं रामेछाप रेडक्रसका जिल्ला सभापति शिव कुमार कार्की, माओवादी केन्द्रका स्थानीय नेता देव बहादुर घिसिङ, नेकपा एमालेका स्थानीय नेताहरु चतुरमान लामा, ठगेन्द्र थापा मगर, श्री कृष्ण माविका प्रधानाध्यापक कुल बहादुर कार्की लगायत व्यक्तिहरुको उपस्थिति रहेको कुरा पूर्व विधार्थी एकता समाजका कोषाध्यक्ष राजेन्द्र कुमार मगरले चिठी खबरलाई जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया