×

कोरोना लाइ जित्नु पर्दछ : नबराज राना मगर ।

बैशाख २९, २०७८, बुधबार
चिठी खबर

काठमाडौं , २९ बैषाख । बिश्वब्यापि  रुपमा  फैलिएको  कोभिड  भेरिएन्टको  दोस्रो  लहरले  नेपालमा पनि  दिन  –  प्रतिदिन  उच्च  जोखिमको   सामना  गर्दै  आइरहेको छ ,  यस  कठिन  परिस्थितिमा  नेपालि  आमा  बुवा  ,  दाजु  भाइ  तथा दिदि  बहिनिहरुले  ध्यान  पुर्याउनु   पर्ने   कुरा  भनेको  रोग  लागेपछि  आकुल  ब्याकुल  भएर  उपचारतर्फ   लाग्नु  भन्दा  रोग  लाग्न  नै  नदिनु   राम्रो   अग्रीम  उपचार  हो  ।  राजधानि    को  हस्पिटलहरुमा  नयां   बिरामिको  लागि  बेड  नै   पाउन  मुस्किल  छ  यद्दपि  अक्सिजन  पनि  ।  हुनेखाने   र  पहुंच  वालाले  मात्रै  उपचार  गर्न  सक्ने  र   बाच्ने   सम्भावना   देखिन्छ  ।  त्यसैले   सम्पुर्ण  नेपालि  सचेत  रहि  घरमै  बसौ   र  कोभिडलाइ   टाढै   देखि  टाटा  बाइ  गरौ  ।  सकभर  घरदेखि  ननिस्किउ   यदि  निस्कन  नै  परेमा  अनिबार्य  माक्स  र  सेनिटाइजरको   प्रयोग  गरि  भौतिक  दुरि  कायम  गरौ  ।  यसो  गर्दा  कोरोनालाइ  हामिले  सहजै  जित्ने  छौ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया