चिठी खबर
कोरोनाले श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । डडेल्धुरा अस्पतालमा उपचाररत कठायतको आइतबार साढे ९ बजेतिर भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका थिए । ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पताल भर्ना भएका कठायतलाई जेठ २ गते डेडेल्धुरा रेफर गरेको थियो । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए ।
अस्पतालले मृत्यु भएको पुष्टि गरे लगत्तै अस्पतालबाट भागेकी रावत नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकि थिईन ।
लामो समय देखि प्रेम सम्वन्धमा रहेका कठायत र रावतले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।
सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।
मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया