कोभिड १९ दोस्रो लहरबाट जोगाउन लागि परे वडा अध्यक्ष राम मानन्धर ।
जेष्ठ १७, २०७८, सोमवार
चिठी खबर
काठमाडौ, १७ जेठ । कोभिड १९ को दोस्रो लहरले बिश्वब्यापी रुपमा असर पारिरहेको बेलामा काठमाडौको उत्तरपुर्बी सिमानामा रहेको गोकर्णेश्वर नगरपालिका वडा न. १ को वडा अध्यक्ष राम मानन्धरको पहलमा आफ्नो वडाबासीलाइ निशुल्क स्वास्थ सामाग्री, खाधन्न र अक्सिजन सहितको ७ सिलिन्डर बितरण गरेका छन । अध्यक्ष मानन्धर आफूनै गत बैशाखमा कोभिड १९ ले संक्रमित भएपछी एक हप्ताको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार पछि निको भइ घर फर्केका थिए । घर फर्के पछि १७ दिन होम क्वारेन्टाइनमा बसि पिसिआर रिपोर्ट नेगेटिभ आएपछी बाहिर निस्केर आफ्नो वडाबासिहरुको पिडामा मलम लगाउन ब्यक्तिगत र सहयोगी दातालाइ समन्वय गरि प्राणबायु अक्सिजन सहितको सिलिन्डर , स्वास्थ्य सामाग्री माक्स, सेनिटाइजर, सिटामोल, भिटामिन डि” भिटामिन सि” र चामल १२० जनालाइ बितरण गरेका छन ।
आज अभियानको पहिलो दिनमा महांकाल, मुलखर्क, ओख्रेनी र ब्लोन टोलको टोलबासिलाइ बागद्वार आधारभुत बिद्यालय र इश्वरी आधारभुत विद्यालयमा बोलाइ भौतिक दुरि कायम गरि वडाको स्वास्थ्य प्रमुख तुलसा प्रसाद पुडासैनिद्वारा कोभिडको बारेमा सचेतनात्मक सन्देश प्रदान गराउदै उक्त सामाग्रीहरु बितरण गरेका हुन । वडावासीहरु बिरामी भएको खबर आउन थाले पछि आफै सक्रिय भएर सहयोगमा जुटेको उनी बताउछन । यो कार्यक्रम सफल पार्नको निम्ति मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष मृगेन्द्रराज पाण्डे र लायन्स क्लबले महत्वपूर्ण समयमा सहयोग पुर्याएकोमा उहाँ र उहाँको सस्थाप्रती हार्दिक आभार प्रकट गरेका छन । यो अभियानलाई निरन्तरता दिन भोलि अर्को टोलमा जाने जानकारी दिएका छन । वडा न १ को वडाबासिहरुलाइ अक्सिजन र आइसोलेसनको खांचो परेमा तुरुन्त सम्पर्क गर्नको निम्ति चिठी खबरलाइ जानकारी दिएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया