कोभिड १९ को महामारीमा बारा निजगढ माओवादी केन्द्रद्वारा हेल्प डेक्स संचालन जेष्ठ ६, २०७८, बिहिबार चिठी खबर काठमाडौ, ६ जेठ । कोभिड- १९ को महामारीमा बारा नेकपा माओवादी केन्द्र निजगढले हेल्प डेक्स संचालन गर्दै छन । समस्यामा परेका जनसमुदायहरु माझ सहकार्य गर्ने कार्यको थालनी अनौपचारिक रुपमा अगाडी बढाई सकेको छ। आजबाट तयारी स्वरुप पार्टी कार्यालयमा कम्प्युटर,प्रीन्टर, ईनटरनेट,अक्सिमिटर,थर्मल गन र अन्य उपकरण व्यवस्थापन कार्य हुदैछ। आजै प्राथामिक स्वास्थ्य केन्द्रमा पुगि अहिले कोरोना संक्रमित बिरामिको अवस्था, स्वास्थ्य केन्द्रमा सामाग्री अवस्था र औसधिको अवस्था बुझ्ने काम भएको छ। साथै संक्रमणको उच्च जोखिम देखिएकाले हामिले PCR चेक गर्ने दिन आवस्यक रुपमा स्वास्थ्यकर्मी टिम संग समन्वय गर्दै स्थलगत सेवा दिने र अन्य कार्य हामिले सम्पर्कको माध्यमबाट बिरामिको अवस्था बुझ्ने, आवश्यक परेमा निशुल्क बिरामिलाई स्वास्थ्य केन्द्र ल्याउने र अति विपन्न बर्गका कोरोना संक्रमित व्यक्तिलाई औसधि,पोषिलो खानेकुरा र केही सामाग्री उपलब्ध गराइने जानकारी गरायका छन । तपाईहरुको सेवामा पार्टी कार्यालयमा सिधै सम्पर्क गर्न आपत्कालिन हेल्प डेक्स संचालनमा आजैबाटनै ल्याइयका छन । यो अभियानमा सहयोग आउने क्रम पनि जारी छ।ईच्छुक जो कोहिलेपनी ले स्वास्थ्य सामाग्री र आर्थिक सहयोग गर्न सक्नु हुनेछ। हामी सहयोगी दाताहरुको नामवली र खर्चको बिवरन समय समयमा मिडिया र सामाजिक सन्जालबाट सार्वजनिक गर्ने छौ। भोलिबाट स्थलगत र कार्यालयबाटनै सेवा प्रदान गरिने छ। भोलि नै हामिले वडा वडा स्तरमा समन्वय गर्न सम्पर्क व्यक्ती,भ्यान एम्बुलेन्स सेवा नम्बर र हेल्प डेक्समा सम्पर्क गर्ने नम्बरहरु सार्वजनिक गरि यो महामारीमा तपाईहरुलाई पर्ने जुनसुकै समस्यामा साथ दिने नेकपा(माओवादी केन्द्र) प्रदेश २ प्रदेश सदस्य रबिराज दङ्गालले चिठी खबरलाइ बताउनु भएकाे छ। थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया