×

काठमाडौंको वौद्धस्थित ८ महिलासहित २८ जना जुवा खेलिरपहेको स्थानबाट पक्राउ

असार २३, २०७८, बुधबार
चिठी खबर

काठमाडौं २३ असार। काठमाडौं वौद्ध स्थित जुवा खेलिरहेकाे स्थानबाट आठ महिला सहित २८ जना रंगेहात पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा न.६ बौद्ध सिमलटार स्थित वाङचु शेर्पाको साढे तिन तले घरको भुई तलाबाट महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवाडेहरुले जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १४ लाख ५९ हजार ९ सय नगद नेपाली रुपैयाँ, ११ हजार ४ सय भारतीय रुपैयाँ, एकलाख को १ थान चेक र ६० हजार अर्काे एक थान चेक बरामद गरेको छ । यस्तै, ३० थान कौडा, १३ थान खेल्दै गरेको तास बुक समेत प्रहरीले बरामद गरेको छ । महानगरका प्रहरी उपरिक्षक रमेश कुमार वस्नेतका अनुसार प्रहरी परिसर टेकुले पाएको बिशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया